Logo

अर्थ

एनएमबी बैंकले गर्‍यो दूध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन



काठमाडाैं । एनएमबी बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दूध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। मनाङ जिल्लामा निर्माण भइरहेको दूध खोला जलविद्युत आयोजना, दूध खोला हाइड्रो पावर कम्पनीद्वारा प्रवर्द्धन गरिएको जलविद्युत आयोजना हो।

दूध खोला हाइड्रो पावर कम्पनी प्रा. लि. को प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल लि. तथा सीताराम तिमिल्सिनाको समूह रहेको छ। यस आयोजनामा एनएमबी बैंक अगुवा बैंकको रूपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह—अगुवा बैंकको रूपमा रहेको छ।

६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रूपैयाँ रहेको छ जसमध्ये बैंकहरूको ऋण लगानी ९ अर्ब ६७ करोड रूपैयाँ रहनेछ।

एनएमबी बैंकले ५० वटाभन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ। बैंकको तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष अरुण के.सी.ले ऋण सम्झौतामा हस्ताक्षर गरे।

नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका, २०२२ अनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्यांकनका आधारमा जिम्मेवार लगानी सुनिश्चित गर्दै आएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार १३:५८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।