Logo

प्रमुख समाचार

प्रचण्डले भने – पहिलोपटक प्रधानमन्त्री हुँदा चमत्कार गर्न सकिन अब गर्छु



सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु पहिलो पटक सरकारमा गएका बेला कुनै चमत्कार गर्न नसकेको स्वीकार गरेका छन् ।

मङ्गलबार काठमाडौमा सरल सहयात्रीद्वारा लिखित शिखरको ढुङ्गा नामक पुस्तक सार्वजनिककरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘पहिलो चोटी सरकारमा गएर मैले कुनै चमत्कार गर्न सकिन, गर्ने कुरा पनि थिएन । यथार्थतामा त वस्तुगत र आत्मगत स्थितिको मिलनअनुसार विवेकले निर्णय लिने कुराहरु हुन् । अनुभव नै नभएको क्षेत्रमा उत्पात गर्ने कुरा सम्भव थिएन ।’

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  १२ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।