Logo

प्रमुख समाचार

खगेन्द्र सुनारलाई गृहमन्त्रीको जवाफ- उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन



काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि सांसदले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् ।

शुक्रबार संसद्को कानुन समितिमा बोल्दै गृहमन्त्री गुरुङले आरोपका भरमा कसैको चरित्र हत्या गर्न नमिल्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु। जसरी हाम्रो मेरो गैरउपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘दिस इज नट राइट, दिस इज नट गुड।’

गत बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदमा अनियमिततासम्बन्धी उजुरीको छलफलका क्रममा सत्तारुढ दल रास्वपाका सांसद खगेन्द्र सुनारले आइजीमाथि तत्काल छानबिन गर्नुपर्ने बताएका थिए ।

उजुरीकै भरमा दोषी करार गर्न नमिल्ने उनको आग्रह छ । ‘कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो जो कसैले नि लगाउन सक्यो । त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन,’ मन्त्री गुरुङले सांसद सुनारलक्षित गर्दै, ‘इट इज नट गुड। अनि हाम्रो गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ यसमा चाहिँ। वि आर नट ह्याप्पी अबाउट इट।’

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार १५:१६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।