Logo

प्रमुख समाचार

काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्रध्यापक डा.बराल नियुक्त



काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई नियुक्त गरेका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।

उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरी, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार १५:३३   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।