Logo

प्रमुख समाचार

ओली–प्रचण्ड सम्बन्ध बिगार्न अमेरिकाको षडयन्त्र !



भेनेजुएला प्रकरणले नेपाली राजनितिमा ठूलै हलचल मच्चायो । सत्तारुढ दल नेकपाभित्र त यसले भुइँचालो नै ल्याइदियो । यही प्रकरणबाट नेकपाका दुई अध्यक्षबीच मनमुटाव बढायो ।भेनेजुएलामा जारी राजनीतिक संकटमा हस्तक्षेप गरेको भन्दै अमेरिकाविरुद्ध वक्तव्य जारी गरेपछि अमेरिका र नेपालवीचको सम्बन्धमा संकट आएको भन्दै धेरैले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरे ।

नेकपाभित्र त दुइ अध्यक्ष आरोप प्रत्यारोपमै उत्रिए । तर वास्तविकता भने अर्र्कै रहेको रहस्य खुलेको छ । नेपाली राजनितिमा निकै चतुर मानिने प्रचण्डले नेकपा फुटाउने योजनाका साथ अमेरिकाको ग्राइण्ड डिजाइनमा वक्तव्य जारी गरेको तथ्य बाहिर आएको छ । जनितिक विश्लेषक भरत दाहाल भने तत्कालीन माओवादीलाई जनयुद्धकालमा सहयोग गरेका पश्चिमी राष्ट्रहरुले नै अहिले प्रचण्डमार्फत सरकारलाई असफल बनाउन लागीपरेको दावी गर्छन् । यसैको उपक्रमको रुपमा भेनेजुएला वक्तव्य आएको उनको भनाइ छ ।

पार्टी एकीकरण भएको १० महिना वित्नलाग्दा समेत पार्टीको तल्लो स्तरसम्म पार्टी एकीकरण नहुनु र कार्यदललाई काम गर्न नदिनुको प्रमुख कारण पनि यसैलाई मानिएको छ । विगतमा तत्कालीन माओवादी र एमालेविच एकीकरण गराएका अन्तराष्ट्रिय शक्तिहरुले विभिन्न मुद्दा उनाएर नेपालमाथि हस्तक्षेप गर्न थालेको विश्लेषकहरूको दाबी छ ।

द्वन्द्वकालीन मुद्दाहरुलाई संयुक्त राष्ट्रसंघ, यूरोपियन यूनियानहरुले गंम्भिर चासो दिनु र प्रचण्डले विभिन्न सार्वजानिक कार्यक्रममा घमण्डका साथ दिने अभिव्यक्तिले पनि अब पार्टी फुटको संघारमा पुगेको दावी गर्छन्, राजनितिक विश्लेषक दाहाल ।पछिल्लो समय सरकार चिनसँग नजिक हुन थालेको भन्दै अमेरिकाले नेपालको राजनितिलाई केन्द्रबिन्दु बनाएर चिनसँग खेल्न खोजेको दावी गरिएको छ ।

यतिमात्र होइन एक वर्षभित्र नेकपा पार्टी फुटाएर तत्कालीन एमालेका धेरै नेताहरु प्रचण्डको पक्षमा पार्ने रणनीति बनाइएको समेत विश्लेषण गरिएको छ । सरकारले काम गर्न नसकेको भन्दै आफ्नै पार्टीबाट आलोचना हुनु र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई प्रचण्डले विभिन्न सन्दर्भमा चुनौती दिनुले पनि यी विश्लेषणलाई बल पुर्याएको छ ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  ५ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।