काठमाडौँ। काठमाडौंको स्वयम्भूबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ।
शुक्रबार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ–१६ घर भएका २७ वर्षीय प्रदीप थापा मगर, काठमाडौँ–१६ वनस्थली बस्ने ३२ वर्षीय सुमेश प्रजापति, नुवाकोटको तार्केश्वर गाउँपालिका घर भएका भएका ४० वर्षीय कृष्ण बहादुर तामाङ र ललितपुर इमाडोल बस्दै आएका ३६ वर्षीय रिसब सुवाल छन् ।
प्रहरीले जुवाको खालबाट ६ बुक तास, १ लाख ७१ हजार रुपैयाँ र १४ हजार भारतीय रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेकामाथि जुवा कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















प्रतिक्रिया