Logo

बैंकिंग

गुराँस लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्षविवेक दुगड़द्धारा बीमा समितिका अध्यक्ष समक्ष सपथ ग्रहण



गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सोहि दिन गत ४ गते बसेको नव निर्वाचित संचालक समितिकोे १६२ औं बैठकले  सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा विवेक दुगड़ मनोनयन भएका छन । बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम आज मिति २०७७÷८÷८ गते बिहान ११ः३० बजे बीमा समितिमा उपस्थीत भई एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाइँ समक्ष बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिएक छन् । सो सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक श्री राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नारायण कुमार भट्टराई को समेत उपस्थीती रहेको थियो ।    

 

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार