Logo

समाचार

कुमारीपाटीमा ३१ लाख ७० हजारभन्दा बढीको धनमाल चोरी



ललितपुर। ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने माया महर्जनको घरबाट सुनका गहनासहित लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

शनिबार घरबाट सुनका विभिन्न गरगहना गरी करिब ३१ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको हो।

घटनापछि चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ललितपुर प्रहरीले बताएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार १९:५९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।