Logo

प्रमुख समाचार

प्रधानमन्त्री शाहलाई सांसदका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ



काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उठेका विषयको जवाफ दिन रुलिङ गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। विपक्षीले प्रधानमन्त्री शाहको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्चाउनुपर्ने माग राख्दै आइरहेका छन्।’

 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार १३:५४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।