Logo

समाचार

विमानस्थलबाट वायु सेवा निगमका २ कर्मचारी पक्राउ



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन् ।

नियन्त्रणमा लिइएका वायुसेवा निगमका कर्मचारीमा काठमाडौं महानगर २४, गोङ्बुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका- ३ की ३५ वर्षीया ममता पाण्डे हुन् । उनीहरूआर्थिक प्रशासन विभागका कर्मचारी हुन्न् । बज्राचार्यबाट अमेरिकी डलर ४३०० र पाण्डेबाट ४२०० बरामद भएको छ । उनीहरु मलेसिया जान लागेको बताइएको छ ।

आइतबार राति नेपाल एयरलाइन्सको उडानबाट क्वालालम्पुर प्रस्थान गर्नै लागेका उनीहरूले प्रतिव्यक्ति अनुमतिप्राप्त डलरभन्दा बढी रकम बोकेको देखिएपछि नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसपी राजकुमार सिलवालले बताए ।

पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि सम्पत्ति सुद्धिकरण विभाग पुल्चोक पठाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार १४:३६   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।