Logo

अर्थ

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा गरिँदै



काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ ।

आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्ने भएको छ ।

१६ देखि ३१ साउनसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन् ।

विभागकाअनुसार १६ देखि ३१ साउनसम्म अवधिमा मात्रै ३ लाख ५७ हजार १ सय ४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता (अपलोड) भएका छन् ।

यसअघि साउन पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या ७ हजार ७७ मात्रै थियो ।

यता, क्यूआर कारोबारबाट उपहार योजनामा स्वत: सहभागी भएका उपभोक्ताको कारोबार संख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३ सय ८० पुगेको छ ।

विभागका अनुसार पछिल्लो १६ दिनको उपहार योजनामा कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २ सय २९ पुगेको छ । यिनैमध्येबाट आज १६ जना विजेता छनोट गरिने छ ।

जसमा १६ देखि ३१ साउनसम्म १६ दिनका एक–एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ जित्नेछन् । उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै यी सबैमध्येबाट एक जनाले बम्पर उपहार स्वरूप १० लाख रुपैयाँ जित्नेछन् । यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्ने छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार १५:३५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।