Logo

अर्थ

शेयरबजारबाट सरकारलाई ठुलो क्षति, ७१ प्रतिशतले घट्यो पुँंजीगत लाभकर



काठमाडौं । पुँजीगत लाभकर झन्डै ७१ प्रतिशतले घटेको छ। धितोपत्र बजारवाट सरकारले आर्थिक वर्ष (आव) २०७९/८० मा जम्मा २ अर्ब ९७ करोड पूँजीगत लाभकर संकलन गरेको छ ।

सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनवाट ९९ करोड ८५ लाख र अल्पकालीनबाट १ अर्ब ६४ करोड पूँजीगत लाभकर संकलन गरेको छ ।

त्यस्तै संस्थागत लगानीकर्ताबाट सरकारले आव २०७९/८० मा रू. ३३ करोड १२ लाखभन्दा बढी पूंजीगत लाभकर संकलन गरेको छ ।

गत आव सरकारले अघिल्लो आवको तुलनामा ७१ प्रतिशतभन्दा कम पंजीगत लाभकर संकलन गरेको हो ।

अघिल्लो आव २०७८ /७९ मा सरकारले रू. १० अर्ब ३५ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो ।

अघिल्लो वर्ष दीर्घकालीन लगानीकर्ताबाट रू. २ अर्व ३६ करोड ६१ लाखभन्दा बढी र अल्पकालीनबाट रू. ६ अर्ब ४९ करोड ६५ लाखभन्दा बढी कर सरकारले उठाएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार १७:४२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।