काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशकमा ३ जना चिकित्सक नियुक्त भएका छन् ।
आयोगको रिक्त रहेका निर्देशक पदमा डा. सन्ध्या चापागाईं, डा सँगरत्न बज्राचार्य र डा दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् ।
क्यान्सर रोग विशेषज्ञ डा. चापागाईंलाई आयोगको परीक्षा निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ ।
फार्माकोलोजीका विज्ञ डा. बज्राचार्य नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशकमा नियुक्त भएका छन् ।
यस्तै, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रेष्ठलाई आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयको निर्देशक नियुक्त गरिएको छ ।
















प्रतिक्रिया