काठमाडौं । एनसेलले मंगलबारबाट लागू हुने गरी १९८ गन्तव्य मुलुकका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दरमा लागू गरेको हो ।
प्राधिकरणको स्वीकृति बमोजिम अब अस्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, साउथ कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रसिया, रोमानिया, साउदी अरेयिबा, सिङ्गापुर, साउथ अफ्रिका, स्पेन, स्वीडेन, स्विटजरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबिया लगायतका गन्तव्य मुलुकहरूमा यो नयाँ पल्स दर लागु भएको छ ।
नयाँ पल्स दर कायम भएका सबै मुलुकहरूको पूरा सुची, कल तथा एसएमएसको शुल्क एनसेल वेबसाइटको ‘इन्टरनेसनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिन्छ ।
















प्रतिक्रिया