Logo

अर्थ

प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच कार्यसम्पादन सम्झौता



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच कार्यसम्पादन सम्झौता भएको छ ।

उनीहरूबीच चालु आर्थिक वर्ष २०८३/८४ मा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । उनीहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

दुवैजनाबीच सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार १०:३९   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।