काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ९ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा २६० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ८५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ४ हजार ५९५ रुपैयाँमा किनबेच भएको थियो ।
















प्रतिक्रिया