काठमाडौं । मधेस प्रदेशसभाको चालू सातौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले आज राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेको जनाइएको छ।
मधेस प्रदेशसभाको सातौँ अधिवेशन गत जेठ १ गतेदेखि सुरु भएको थियो। अधिवेशन अन्त्यसँगै यस अवधिमा सञ्चालन भइरहेका प्रदेशसभाका संसदीय गतिविधि औपचारिक रूपमा टुंगिनेछन्।
सरकारले आवश्यकता र परिस्थितिअनुसार आगामी अधिवेशन आह्वानका लागि संवैधानिक प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
















प्रतिक्रिया