काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बारा जितपुरसिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
थापाले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनले बालिका हराएको दिनदेखि नै परिवारले राज्यको साथ र न्यायको अपेक्षा गरिरहेको उल्लेख गर्दै उनीहरूको पीडा र अपेक्षालाई गम्भीरतापूर्वक बुझ्न सरकारलाई आग्रह गरेका छन्।
उनले यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप संवेदनशील, जिम्मेवार र जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन्।
गरिमा हत्या प्रकरणमा परिवारले न्यायको खोजी गरिरहेका बेला राज्यका सम्बन्धित निकायले घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने थापाको भनाइ छ।
















प्रतिक्रिया