सप्तरी । शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा दुई वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय मोहम्मद इरफानकी २ वर्षीया खुशी भनिने सानिया खातुन आज बिहानदेखि हराएकी थिइन् । परिवारजनले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले खोजतलास थालेको थियो । खोजीका क्रममा उनी आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन् ।
सप्तरीका डीआईजी ओम अधिकारीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।
















प्रतिक्रिया