बैतडी। बैतडीमा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३० वटा सवारीसाधन कारबाहीमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार साउन महिनाभर जिल्लाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरिएको हो।
कारबाहीमा परेका सवारीसाधनबाट जरिवानाबापत २ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।
उनका अनुसार साउन महिनामा जिल्लामा दुई वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।
यसैबीच, अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयनका क्रममा फरार रहेका २० जना अभियुक्तलाई प्रहरीले एक महिनामा पक्राउ गरेको छ।
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका उनीहरूलाई फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताए।
















प्रतिक्रिया