काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत जाने तयारी गरिरहेकै बेला न्यायिक प्रक्रियामाथि नै प्रश्न उठ्ने बिषय बाहिरिएको छ।
शुक्रवार रिट दर्ताका लागि सर्वोच्च पुगेका देउवा तर्फका वारेसका रूपमा अघि सारिएका कांग्रेस नेता दीपक खड्काले ‘अदालतमा कुरा मिलिसक्यो, रिट दर्ता हुन्छ। अन्तरिम आदेश पनि आउँछ ढुक्क हुनुस् ‘ भन्दै हिँडेको बिषयले अदालतको न्यायिक प्रक्रियालाई समेत धमिल्याउने प्रयास भइरहेको तथ्य उजागर गरिदिएको छ।
यसलाई कांग्रेसका एक नेताले पुष्टी गरेका छन्। उनका अनुसार नेता खड्काले न्यायलयमाथि सेटिङको व्याख्या गरेका छन्।
कांग्रेस नेता एवम् पूर्व जनप्रतिनिधि लेखनाथ पोखरेलका अनुसार खड्काले अदालतमा रिट दर्ता गर्ने देखि अन्तरिम आदेश लिनेसम्मको प्रक्रियाका लागि तालमेल मिलाईसकेको कुरा देउवालाई बृफिङ्ग गरेका छन्। त्यसैले पनि आज रिट दर्ता हुने र महाधिवेशन रोक्न अन्तरिम आदेश पनि आउनेमा इतर पक्ष ढुक्क छन्।
खड्काको भनाइलाई उद्दृत गर्दै पोखरेल भन्छन्,-”मैले अदालमा सबै सेटिङ गरिसकेको छु। रातारात लगाएर न्यायाधीश पनि भेटिसकेको छु। यहि सेटिङ लगाएर निस्सा पनि ल्याएकै हुँ। अब स्टे पनि ल्याउँछु। आधिकारिकता पनि हामिलाई नै आउँछ।”
तर, पोखरेलले भने न्यायलयका बिरुद्ध यस्ता गलत र अफवाह फैलाउने काम नगर्न सुझाएको बताउँछन् । खड्का निकटका व्यक्तिहरुलाई समेत पार्टीको आन्तरिक विवादलाई लिएर न्यायलयको प्रक्रियामाथि प्रश्न उठ्नेगरी अभिव्यक्ति दिँदै नहिड्न भनेको उनको भनाइ छ।
पोखरेलका अनुसार देउवालाई पनि कांग्रेसको आधिकारिकता उनैलाई दिलाउने सेटिङ्ग गरेरै नेपाल बोलाईएको खड्काको दावी छ।
त्यस्तै, खड्काले न्यायलयको न्यायिक प्रक्रियामा सेटिङ गरिसकेको भन्दै पार्टी पंक्तिमा प्रचारप्रसार गरिरहेको बिषयलाई कांग्रेसका अर्का नेता कृष्ण रिजालले पनि पुष्टी गरेका छन्।
उनी भन्छन् ,’ खड्का जीले पार्टीभित्र न्यायलयलाई नै घमिलो बनाउने गरि अनर्गल कुरा गर्दै हिँड्नु भएको छ। जहाँसम्म लाग्छ- न्यायलय यस्ता गलत कामका पछि लाग्दैन। उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई भ्रमित गराउँदै हिड्नु भएको छ। तर, हामीले आफ्ना व्यक्तिगत स्वार्थका लागि यस्ता अफवाह र निकृष्ट कामका पछि नलाग्न सुझाव दिएका छौँ।”
















प्रतिक्रिया