Logo

अर्थ

सनराईज फोकस्ड इक्वीटी फण्डले ४.५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराईज फोकस्ड इक्वीटी फण्डले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले करसहित ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश वितरणका लागि बुक क्लोजको मिति भने तय हुन बाँकी छ । बुक क्लोजको मितिसम्म कायम रहेका इकाईधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको असार मसान्तसम्मको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार १२:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।