Logo

अर्थ

सेयर बजारमा १९ अंकको गिरावट



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १९.१३ अंकले घटेर २,५९९ को विन्दुमा कायम भएको छ ।

आज ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब २३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १२ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।