काठमाडौं । नेपाली खानाको परम्परागत स्वादसँगै अन्तर्राष्ट्रिय परिकारको माग बढिरहेका बेला काठमाडौंको लाजिम्पाटमा सुल्तान अरबिक ग्रिल एण्ड पापाज् बार एण्ड ग्रिल सञ्चालनमा आएको छ ।
फिल्म निर्माता तथा व्यवसायी भविष्य खड्का र व्यवसायी केदारनाथ अधिकारीले अरबी साझेदारसँगको सहकार्यमा सुरु गरेको सुल्तान अरबिक ग्रिलमार्फत् नेपालमा अरबी खानाको स्वाद र परम्परालाई नेपाली तथा विदेशी ग्राहकसम्म पु¥याउने प्रयास गरिएको छ ।
सुल्तानको मेनुमा हुमस, मुताब्बल, बाबा गनौस, शोरमा, चिकेन कबाब, शिश ताउक, मन्डी र बिरयानी लगायतका एकसय बढि स्वाद दिने परिकारहरु समावेश छन् ।
सञ्चालक भविष्य खड्काले नेपालमा माइस पर्यटनको सम्भावना बढ्दै गरेको उल्लेख गर्दै अरबिक स्वादका लागि विशिष्ट गन्तव्य बन्ने विश्वास व्यक्त गरिन् ।
व्यवसायीक अरबी सेफ नै ल्याएर सुरु गरेको सुल्तान अरबिक ग्रिलले आफूलाई केवल रेस्टुरेन्टका रूपमा नभई अरबी खानासँग जोडिएको सांस्कृतिक तथा आतिथ्य अनुभवका रूपमा विकास गर्न खोजेको खड्काले बताइन् ।
खानासँगै पेय पदार्थ, संगीत, मनोरञ्जन र सामाजिक जमघटको लागि उपयुक्त वातावरण रहेको र परिवार, साथीभाइ, स्थानीय ग्राहक, पर्यटक तथा काठमाडौंमा रहेका विदेशी पाहुनालाई एउटै स्थानमा खानपान र मनोरञ्जनको अनुभव दिने उद्देश्यले सुल्तान ग्रिलसँगै पापाज ग्रिल एण्ड बार पनि एकै ठाउँमा सञ्चालनमा आएको छ ।
पापाज बारमा अन्तर्राष्ट्रिय नृत्यांगनाको आकर्षक नृत्यसँगै अतिथिहरूलाई मनोरञ्जन दिने व्यवस्था गरिएको छ ।
काठमाडौंको पर्यटन र आतिथ्य क्षेत्रमा नयाँ–नयाँ अन्तर्राष्ट्रिय स्वाद भित्रिँदै गर्दा सुल्तान अरबिक ग्रिलको प्रवेशलाई अरबियन खानालाई काठमाडौंको ग्यास्ट्रोनोमिक पर्यटनसँग जोड्ने नयाँ प्रयासका रूपमा पनि हेर्न सकिन्छ ।
विशेषगरी नेपाल आउने मध्यपूर्वी तथा अरबी मुलुकका पर्यटकका लागि परिचित स्वाद उपलब्ध गराउने र नेपाली ग्राहकलाई नयाँ पाक–संस्कृतिसँग परिचित गराउने उद्देश्य सञ्चालकले लिएका छन् ।
काठमाडौंमा रहेका विदेशी समुदाय, कूटनीतिक नियोगसँग जोडिएका व्यक्तिहरू, पर्यटक तथा नेपाली खानाका पारखीलाई लक्षित गर्दै नयाँ डाइनिङ अनुभव दिने र आगामी दिनमा सुल्तान हस्पिटालिटी सुरु गर्ने पनि खड्काले बताएकी छन् ।
















प्रतिक्रिया