Logo

बैंकिङ

गणेश अवस्थी बने नबिल बैंकको डीसीइओ



काठमाडौं । नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।

अवस्थी यसअघि बैंकमा नायब महाप्रबन्धक (डीजीएम)का रूपमा कार्यरत थिए । उनले सहायक महाप्रबन्धक (एजीएम)का रूपमा नबिल बैंक प्रवेश गरेका हुन् ।

बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव भएका अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । त्यसपछि कुमारी बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा आबद्ध भएका थिए ।

ग्लोबल आइएमई बैंकमा १३ वर्षभन्दा बढी समय काम गरेपछि अवस्थी नबिल बैंकमा प्रवेश गरेका हुन् । क्रेडिट तथा निक्षेप परिचालनमा अनुभव हासिल गरेका उनी क्रेडिट व्यवस्थापन, व्यावसायिक क्षमता अभिवृद्धि तथा ग्राहक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

विभिन्न बैंकिङ फोरममा समेत सहभागी हुँदै आएका अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले हार्वर्ड बिजनेस स्कुलबाट ‘डिस्रप्टिभ स्ट्राटेजी’ विषयको अध्ययनसमेत गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार १९:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।