Logo

प्रमुख समाचार

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा पठाए कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिपोर्ट



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिपोर्ट संघीय संसद् सचिवालयमा पठाएका छन् ।

प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालय पुगेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी)ले कालो चस्मा नलगाउन राजनीतिका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई भनेका थिए ।

यदि कालो चस्मा लगाउनुपर्ने हो भने स्वास्थ्य परीक्षण रिर्पाेट चाहिने बताएका थिए । यसअनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने भनेर स्वास्थ्य प्रतिवेदनसहितको पत्र पुगेको हो ।

प्रधानमन्त्री शाहले २२ साउनमा छाउनी अस्पतालमा आँखा परीक्षण गराएका थिए । परीक्षणको क्रममा खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकोले कालो चस्मा लागउनुपर्ने अस्पतालको रिपोर्ट २६ साउनमा संसद् सचिवालय पठाएको पाइएको छ ।

लेफ्टिनेट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न असहज हुने भएकाले बेलाबेला आइड्रप प्रयोग गरिरहनुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख छ ।

प्रधानमन्त्री शाह भोलि संसद बैठकमा सहभागी हुने कार्यक्रम छ । उनले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन् ।

 

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलवार १२:१७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।