Logo

प्रमुख समाचार

देउवा र खड्काको पूरक निवेदन दर्ता, ११ गते पेसी



काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।

देउवाको वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काको वारेसका रूपमा अधिवक्ता श्रवणकुमारले सोमबार महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेस गरेका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले दुवै निवेदन दर्ता भएको जानकारी दिए । सर्वोच्चले उक्त रिटको सुनुवाइ आगामी ११ गतेका लागि तोकेको प्रवक्ता कोइरालाले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलवार १२:५०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।