Logo

प्रमुख समाचार

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम स्थगित



काठमाडौं । प्रतिनिधिसभामा आजका लागि तय गरिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। मुलुकका विभिन्न जिल्लामा बाढीबाट ठूलो क्षति भएपछि विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको हो।

दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। तर, तिब्बततर्फबाट आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा ठूलो क्षति भएपछि प्रधानमन्त्री वालेन्द्र शाह विपद्पछिको खोज, उद्धार तथा राहतका विषयमा सम्बन्धित संयन्त्रसँग छलफलमा व्यस्त छन्।

संघीय संसद् सचिवालय स्रोतका अनुसार विपद्को संवेदनशील समयमा अन्य विषयमा छलफल नगर्ने उद्देश्यले प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको हो।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार १३:३५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।