Logo

राजनीति

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सर्वदलीय बैठक बोलाएका छन्।

बैठक बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, जारी खोजी तथा उद्धार कार्य र प्रभावितलाई राहत तथा पुनःस्थापनाका लागि संयुक्त पहल गर्ने विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार २१:३२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।