Logo

अर्थ

नेपाल एसबिआई बैंकद्वारा भोटेकोशी बाढी प्रभावित समुदायलाई राहत सहयोग



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूका लागि तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री वितरण गरेको छ ।

यस पहलले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग दृढतापूर्वक उभिँदै आवश्यक सहयोग समयमै उपलब्ध गराउने बैंकको सामाजिक उत्तरदायित्व र मानवीय कल्याण प्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ ।

बैंकले मानवीय सेवा, सहानुभूति तथा ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै, प्राकृतिक विपद्बाट प्रभावित समुदायहरूको पुन:स्थापना, पुनरुत्थान तथा समग्र कल्याणमा सार्थक योगदान पुर्‍याउन र संकटको समयमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउन दृढ प्रतिबद्ध रहेको छ ।

नेपाल एसबिआई बैंकले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार १४:३३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।