Logo

प्रमुख समाचार

रसुवा बाढी: ७३४ शव फेला, ८ हजार १८६ जनाको उद्धार

२५ प्रहरी अझै सम्पर्कविहीन



काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । घटनामा परेर २५ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार १०:४३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।