Logo

प्रमुख समाचार

रसुवा बाढी: हालसम्म ७६८ शव फेला



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट मृत्यु भएका ७६८ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म ७६८ शव फेला परेका हुन् ।

प्रहरीका अनुसार सबैभन्दा धेरै २६४ शव चितवनमा फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव भेटिएका छन् ।

प्रहरी अनुसार हालसम्म दुई हजार ७१५ जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार १५:१९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।