गोरखा । त्रिशूली नदीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका तीनवटा शवको सनाखत भएको छ। पहिचान खुलेपछि प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सनाखत हुनेमा इलामको सन्दकपुर गाउँपालिका–३ तुलुबुङ्गाका ३८ वर्षीय दिवानन्द सुवेदी, गोरखाको पालुङटार नगरपालिका–६ का ५५ वर्षीय यमबहादुर थापा र पाल्पाको तानसेन नगरपालिका–१० का ३४ वर्षीय दीपेन्द्र विष्ट छन्।
प्रहरीका अनुसार दिवानन्दको शव उनका दाजु सागर सुवेदी, यमबहादुरको शव उनकी श्रीमती इन्दिरा चौलागाईं र दीपेन्द्रको शव उनका दाजु दीपक विष्टले बुझेका छन्।
गोरखामा शवगृहको व्यवस्था नभएकाले त्रिशूली किनारमा भेटिएका शवहरू पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको थियो। सनाखत भएपछि आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
















प्रतिक्रिया