Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६२१ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५५, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ८५, हर्न निषेधमा १९, लेन क्रसमा ५, अवस्था ठिक नभएको १६, एकतर्फीमा ५ र अन्यमा ३३५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार ०८:४५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।