काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ निर्धारण गरिएको छ । आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य भने स्थिर रहेको हो ।
















प्रतिक्रिया