Logo

अर्थ

२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ  । आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ निर्धारण गरिएको छ । आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य भने स्थिर रहेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार ११:०७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।