काठमाडौं ।बाढीका कारण पुल भत्किएर सडक सम्पर्क प्रभावित भएका नुवाकोटका तीन स्थानमा सरकारले तत्काल बेलिब्रिज निर्माण गर्ने तयारी थालेको छ।
प्रधानमन्त्री बालेन शाहका अनुसार नुवाकोटको देवीघाटस्थित तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने गरी अध्ययन अघि बढाइएको हो। अस्थायी पुल निर्माण भएपछि रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा आवतजावत सहज हुने सरकारको अपेक्षा छ।
बाढी तथा पहिरोका कारण सडक र पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा यातायात सञ्चालनलाई सहज बनाउन सरकारले अस्थायी पुल निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।
प्रधानमन्त्री शाहले भारतबाट २३० फिट लामो मोडुलर स्टिल ब्रिज प्राप्त भइसकेको जानकारी दिँदै थप बेलिब्रिज ल्याउने तयारी भइरहेको बताएका छन्। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार यस्ता अस्थायी पुल जडान गर्ने सरकारको योजना छ।
















प्रतिक्रिया