काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रविन्द्र शिवाकोटी नियुक्त भएका छन् ।
उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेको हुन् ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार नवनियुक्त शिक्षाध्यक्ष सिंह र रजिस्ट्रार शिवाकोटीले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको छ ।
शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।
















प्रतिक्रिया