Logo

अर्थ

भोटेकोशी बाढी पीडितलाई कर्णाली सरकारको साथ, दुई करोड सहयोग



सुर्खेत  ।रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कर्णाली प्रदेश सरकारले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगरमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री मंगलबहादुर शाहीका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार, पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराइनेछ।

बैठकले सामाजिक विकास मन्त्रालयले तयार गरेको ‘शिक्षा क्षेत्र योजना २०८३–०९२’ पनि स्वीकृत गरेको छ।

 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार १८:२८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।