Logo

प्रमुख समाचार

नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषमा ११ लाख ५५ हजार ५५४ रुपैयाँ सहयोग



काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषमा ११ लाख ५५ हजार ५५४ रुपैयाँ सहयोग गरिएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। त्यस्तै, नेपाली कांग्रेस संसदीय दल प्रदेशले ५ लाख ९९ हजार ९९९ रुपैयाँ सहयोग गरेको छ। दुवै रकम नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको हो।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार २१:३९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।