Logo

समाचार

४० किलो गाजासहित एक युवक पक्राउ



जनकपुरधाम  । पर्सामा प्रहरीले ४० किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ का गोरे लामा छन्। लुकाइछिपाइ गाँजा राखिएको सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनलाई आइतबार पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लका अनुसार लामाको साथबाट ४० किलो गाँजा बरामद भएको छ। पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।

 

प्रकाशित मिति : २१ भाद्र २०८३, आईतवार १८:५८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।