Logo

समाचार

बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु



रसुवा ।  बाढी प्रभावित रसुवाका गाउँबस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ।

ड्रोन ढुवानी सेवाको पहिलो दिन आइतबार हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्‍याइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।

चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता ८० किलोसम्म रहेको बताइए पनि परीक्षणका क्रममा प्रतिउडान ५३ किलोका दरले खाद्यान्न ढुवानी गरिएको अधिकारीले बताए। उनका अनुसार आइतबार १२ वटा उडानमार्फत करिब ६ सय ६४ किलो खाद्यान्न प्रभावित क्षेत्रमा पुर्‍याइएको हो।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा शव व्यवस्थापनका लागि हेलिकप्टरसमेत परिचालन गरिएको छ।

अधिकारीका अनुसार टिमरेको घट्टेखोलामा तीन, हाकु क्षेत्रमा दुई र डाँडागाउँ क्षेत्रमा एक गरी सिम्रिक एयरका हेलिकप्टरले ६ वटा उडान भरेका छन्। ती उडानमार्फत शव व्यवस्थापनका लागि नुवाकोटको विदुर पठाइएको छ।

यसैबीच, भदौ १० गते भोटेकोसी हुँदै आएको बाढीमा परेर रसुवामा अहिलेसम्म १ सय ६९ शव संकलन गरिएको जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए।

 

प्रकाशित मिति : २१ भाद्र २०८३, आईतवार १९:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।