Logo

विविध

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति सैनिकको अदलीबदली, ७१ जना प्रस्थान, ७५ जना स्वदेश फिर्ता



काठमाडौं । संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना मिसनअन्तर्गत सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सीएआरस्थित संयुक्त राष्ट्रसङ्घको बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा तैनाथ सैनिक प्रहरी युनिटको ११औँ डफ्फालाई बदली गर्न १२औँ डफ्फाका ७१ जना शान्ति सैनिक मिसन क्षेत्रमा प्रस्थान गरेका छन्।

प्रमुख सेनानी रविन श्रेष्ठको नेतृत्वमा नेपाली शान्ति सैनिकहरूको टोली सीएआरतर्फ गएको हो।

यसैबीच, मिनुस्कामा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेका ७५ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन्। प्रमुख सेनानी सुमन थापाको नेतृत्वमा उनीहरू नेपाल फर्किएका हुन्।

 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार १८:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।