Logo

अर्थ

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन



काठमाडौं । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई सम्बोधन गर्न सरकारले वैकल्पिक व्यवस्था अघि सारेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई तत्काल निर्देशन दिएकी छन् ।

मन्त्रालयकाअनुसार अब काठमाडौं उपत्यकामा उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएमा उही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सक्नेछन् । बाढीका कारण उत्पन्न आपूर्ति असहजताका बीच उपभोक्तालाई तत्काल राहत दिन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री यादवले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन् ।

साथै, यो विषम परिस्थितिमा उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारको निर्देशन विपरीत काम गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने उनको चेतावनी छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार १२:३५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।