काठमाडौं । कालिञ्चोक दर्शनले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ६३ करोड रुपैयाँको कुल ८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ८.५ प्रतिशतले हुन आउने ५ करोड ३५ लाख ५० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७४ प्रतिशतले हुन आउने २८ लाख १८ हजार ४२१.०५ रुपैयाँबराबरको नगद लाभांश छन् ।
यो लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।
















प्रतिक्रिया