Logo

अर्थ

रसुवा बाढीपीडितका लागि नेपाल टेलिकमको १० करोड सहयोग



काठमाडौं । रसुवामा भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

टेलिकमले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । भदौ २४ गते आयोजित कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

यसअघि टेलिकमका कर्मचारीबाट संकलित २ करोड २ लाख २६ हजार ६६ रुपैयाँसमेत राहत कोषमा हस्तान्तरण गरिएको थियो ।

बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई टेलिकमले करिब ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डेटा तथा एसएमएस सेवा उपलब्ध गराएको जनाएको छ ।

प्राकृतिक विपद्का बेला राहत, उद्धार तथा पुनःस्थापनाका लागि टेलिकमले आर्थिकसँगै प्राविधिक सहयोग गर्दै आएको जनाएको छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार २०:४१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।