Logo

अर्थ

शिखर इन्स्योरेन्सद्वारा विपद् राहत कोषमा १ करोड ११ लाख सहयोग



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका अनुसार बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको हो।

शिखर इन्स्योरेन्सले बीमा सेवा प्रदान गर्नुका साथै विपद्का समयमा समुदायप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। कम्पनीले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ।

कम्पनीले विपद्को कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु आफ्नो सामाजिक जिम्मेवारी भएको जनाएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार ०८:०८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।