Logo

प्रमुख समाचार

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्काे बैठक बोलाएका छन् ।

बैठक बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ ।

प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार १०:५८   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।