Logo

अर्थ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बेगानी ग्रुपको १ करोड ११ लाख सहयोग



काठमाडौं । बेगानी ग्रुपले राष्ट्रलाई आवश्यक परेको कठिन परिस्थितिमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुपले बुधबार उक्त रकम कोषमा हस्तान्तरण गरेको हो। विपद्का बेला राज्यको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको बेगानी ग्रुपले जनाएको छ।

नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको बेगानी ग्रुपअन्तर्गत नन्दन घिउ एन्ड आयल इन्डस्ट्रिज प्रालि, केबीएसएएम एल्युमिनियम इन्डस्ट्रिज लिमिटेड, गणपति ज्वेलर्स नेपाल प्रालि, टीबीजी नेपाल, एजुकेसन कन्सल्टेन्सी प्रालि, दुबाल इन्डस्ट्रिज प्रालि र एस्ट्रियोनिक्स म्यानेजमेन्ट प्रालि रहेका छन्।

ग्रुपले गुणस्तर, विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई आफ्नो व्यावसायिक पहिचानका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

 

 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार १९:३७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।