Logo

राजनीति

शिक्षामन्त्री पोखरेलद्वारा सातै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल



काठमाडौं।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातै प्रदेशका शिक्षा तथा खेलकुदमन्त्रीसँग समसामयिक विषयमा छलफल गरेका छन्।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको छलफलमा संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

बैठकमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, विद्यालय शिक्षा ऐन, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम विधेयक र विपद्का समयमा तीन तहका सरकारबीच गर्नुपर्ने अन्तरसरकारी समन्वयलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री पोखरेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। शिक्षा तथा खेलकुद क्षेत्रको समग्र विकासका लागि पनि तीनै तहका सरकारबीच सहकार्यलाई थप मजबुत बनाउनुपर्ने उनको भनाइ थियो।

 

 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार २०:२१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।